ad ad

राजनीति


बारा २ अपडेट– उपेन्द्रले फराकिलो बनाए अग्रता, शिवचन्द्र झन्डै ४ हजार मतले पछि

बारा २ अपडेट– उपेन्द्रले फराकिलो बनाए अग्रता, शिवचन्द्र झन्डै ४ हजार मतले पछि

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ८:५१, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत गणना जारी छ।

पछिल्लो परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन्। 

जसपा अध्यक्ष यादव ११ हजार ४ सय ३५ मतका साथ अगाडि हुँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ४ सय ६३ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

यस्तै  नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार २ सय १५ मतसहित तेस्रो स्थानमा छन्। बारा २ को मतगणना जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा भइरहेको छ। 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो। 

कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएका छन्। 

यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .