बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्।
यस हिसाबले यादवले शिवचन्द्रसँगको मतान्तर ३ हजार १८२ बनाएका छन्। यसअघि मतान्तर ३ हजार ९९ मत थियो।
उपेन्द्र यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने शिवचन्द्र माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन्।
165
Shares

प्रतिक्रिया