ad ad

राजनीति


बारा २ अपडेट– उपेन्द्रले बढाए मतान्तर, शिवचन्द्र कतिले पछि?

बारा २ अपडेट– उपेन्द्रले बढाए मतान्तर, शिवचन्द्र कतिले पछि?

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ७:५७, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन्। 

उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्।

यस हिसाबले यादवले शिवचन्द्रसँगको मतान्तर ३ हजार १८२ बनाएका छन्। यसअघि मतान्तर ३ हजार ९९ मत थियो। 

उपेन्द्र यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने शिवचन्द्र माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .