ad ad

बागमती


मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ८:१८, मकवानपुर

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जिल्लाको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गएराति  मधेश प्रदेश ०३–००१त ७१८८  नंको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा तीनजनाको मृत्यु भएको र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

दुर्घटनामा  मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए। उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्।  घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .