तनहुँ क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता लिइरहेका छन्।
पछिल्लो मतपरिणाम अनुसार वाग्लेले २७ हजार ९८८ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ९७९ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल सुरुदेखि नै तेस्रो स्थानमा छन्। उनले ७ हजार ३७९ मत प्राप्त गरेका छन्।
वाग्ले र भट्टराईको मतान्तर १२ हजार ९ मतको छ। यहाँ जम्मा ६३ हजार ७५९ मत खसेको थियो। अब १२ हजार ५४० मत गणना गर्न बाँकी छ।
जसमध्ये ५१ हजार २१९ मत गणना भइसकेको छ।
81
Shares

प्रतिक्रिया