तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सुरुबाटै लगातार तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एउटा वडामा अग्रता बनाउन सफल भएका छन्।
एमाले उम्मेदवार खनालले देवघाट गाउँपालिका-१ मा ४९४ मतसहित अग्रता बनाएका हुन्। त्यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३३३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले २७८ मतसहित तेस्रोमा सीमित भएका छन्।
तर समग्र मतगणनामा भने सर्वेन्द्र अहिले तेस्रोमै छन्। १६ वटा वडाको मत गनिसक्दा कांग्रेसका भट्टराई र नेकपा एमालेका खनाल वाग्लेसँग फराकिलो मतले पछि परेका छन्।
सोमबार बिहान साढे ११ बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले ११ हजार ४२८ मत ल्याइसकेका छन्।
सुरुदेखि नै अग्रता बनाएका वाग्लेले भट्टराईसँगको मतान्तर ४ हजार ९६३ बनाएका छन्। उनलाई पछ्याइरहेका भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन्।
त्यस्तै, तेस्रोमा रहेका नेकपा एमाले उम्मेदवार खनालले ३ हजार ७ सय ४८ मत ल्याएका छन्।
Shares
प्रतिक्रिया