ad ad

राजनीति


उपचुनावको मत गणना भइरहेका बेला बाबुराम भट्टराईको चिन्ता

उपचुनावको मत गणना भइरहेका बेला बाबुराम भट्टराईको चिन्ता

नेपालखबर
बैशाख ११, २०८० सोमबार ११:५१, काठमाडौँ

देशका तीनवटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको धमाधम मत गणना भइरहेका बेला पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा आएको नयाँ पुस्तालाई पाका पुस्ताको सम्मान गर्न आग्रह गरेका छन्।

आइतबार मतदान भएका तनहुँ १, चितवन २ र बारा २ मध्ये तनहुँको परिणाम सार्वजनिक भइरहेको छ भने चितवन र बारामा यो खबर लेख्दासम्म मत गणना नै सुरु भएको छैन। 

आज बिहान ११ बजेसम्मको परिणामअनुसार तनहुँ १ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई फराकिलो मतले पछि पारिरहेका छन्। 

यसैबीच नेसपा अध्यक्ष डा. भट्टराईले राजनीतिमा रहेका पुराना र नयाँ पुस्ताबीचको सम्बन्धबारे चिन्ता जाहेर गरेका हुन्। 

आफ्नो पुस्ताको सुझबुझ र त्यागले संघीयतासहितको लोकतन्त्र ल्याएको र अब यसमा अपुग कुरा थप्दै जाने काम नयाँ पुस्ताको भएकाले एकअर्काको सम्मान गर्न उनले आह्वान गरेका हुन्। 

‘हाम्रो पुस्ताले ठूलो सुझबुझ र त्यागको बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका बलिया पिलरसहितको संविधानरूपी घर संविधानसभामार्फत निर्माण गरेको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसमा नपुगेका तला/कोठा थप्ने र सुशासन/समृद्धिको फर्निसिङ गर्ने काम नयाँ पुस्ताले गर्दै जानु छ।अतः एकार्काको सम्मान गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .