ad ad

राजनीति


तनहुँ १ : ९ वडाको गनिसक्दा स्वर्णिम वाग्ले ४१ सय मतले अगाडि

तनहुँ १ : ९ वडाको गनिसक्दा स्वर्णिम वाग्ले ४१ सय मतले अगाडि

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार ८:५५, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता झन् झन फराकिलो पार्दै गएका छन्। 

सोमबार बिहान पौने ९ बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले कांग्रेसका गोविन्द भट्टराई भन्दा १४ सय ५४ मतको फराकिलो अग्रता बनाउन सफल भएका छन्। 

आइतवार राति गणना भएदेखि अग्रता बनाएका वाग्लेले पछिल्लो मतपरिणाम अनुसार ७ हजार ६ सय २५ मत ल्याएका छन्। 

त्यहाँ उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ मत प्राप्त गरेका छन्। 

त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत ल्याएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ ९ वटा वडाको १३ हजार ७५९ मतगणना भइसकेको छ। 

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .