ad ad

राजनीति


दोधारा चाँदनी सुख्खा बन्दरगाहबारे लेखकले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

दोधारा चाँदनी सुख्खा बन्दरगाहबारे लेखकले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालखबर
बैशाख १०, २०८० आइतबार १९:३०, काठमाडौँ

नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरको दोधार चाँदनी सुख्खा बन्दरगाह तथा महाकाली करिडोर लगायतका आयोजना सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअघि लेखकले भारत सरकारले निर्माण गर्ने गरी प्रस्तावित दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष माग गरेका हुन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँगको भेटमा नेता लेखकले दोधारा चाँदनी सुख्खा बन्दरगाहको निर्माण भारत सरकारले गरिदिने प्रस्ताव गरेकाले आसन्न भारत भ्रमणमा नै सो बन्दरगाह ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता गर्न आग्रह गरे।

त्यस्तै, महाकाली करिडोर (कञ्चनपुरको दोधरा चाँदनीदेखि दार्चुलाको टिंकर सम्म) को सडकलाई रुपान्तरकारी आयोजनाका रुपमा समावेश गरी आगामी आर्थिक वर्षदेखि नै निर्माण कार्य सम्पन्न गर्ने गरी तीब्रता दिन आग्रह गरे। 

साथै, महाकाली प्रादेशिक अस्पताल र दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवश्यक जनशक्ति तथा उपकरणका लागि आवस्यक बजेटको ब्यवस्था र मझगाउँ विमानस्थल निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्था गर्न पनि नेता लेखकले माग गरे। 

नेता लेखकले बैतडी जिल्लाको पुरानो सिमानाका झुलाघाटमा मोटरेबल पक्की पुल निर्माण र पञ्चेश्वर गाउँपालिकामा झोलुङ्गे पुल निर्माणका लागि भारत सरकारसँग पहल गर्न पनि आग्रह गरेका छन्।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आशन्न भारत भ्रमणकै क्रममा दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि सम्झौता गर्ने, मझगाउँ विमानस्थल लगायतका आयोजनाका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .