ad ad

राजनीति


सामाजिक सञ्जालको दुरुपयोग भयो, आयोगको ध्यानाकर्षण होस् : रास्वपा

सामाजिक सञ्जालको दुरुपयोग भयो, आयोगको ध्यानाकर्षण होस् : रास्वपा

नेपालखबर
बैशाख १०, २०८० आइतबार ७:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सम्बन्धमा आम जनतामा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएको छ। 

आइतबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचन अघि आफ्ना पार्टीबारे झुटा पोस्टहरू सामाजिक सञ्जालमा प्रकाशित भएको भन्द्र रास्वपाले ध्यानाकर्षण गराएको हो। 

‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले भनेको छ, ‘यस खालका झुटा पोष्टहरूप्रति सम्बन्धित सबै सजग रहनुहुन अनुरोध गर्दछौं।’

सामाजिक सञ्जालहरूको दुरुपयोग गरी भइरहेका यस खालका अफवाह फैलाउने÷झुठको खेती गर्नेहरूको निगरानी तथा कानुन बमोजिम कारबाही गर्न पनि रास्वपाले माग गरेको छ। 

‘सम्मानित निर्वाचन आयोग तथा अन्य सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउन चाहन्छौं। स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धा मार्फत् जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं,’ आयोगले भनेको छ, ‘यस्तो गलत अभ्यासले आजका नेपालीलाई भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .