ad ad

राजनीति


चितवन–२ : कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले गरे मतदान

चितवन–२ : कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले गरे मतदान

नेपालखबर
बैशाख १०, २०८० आइतबार ७:४७, काठमाडौँ

चितवन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार जित नारायण श्रेष्ठले मतदान गरेका छन्। 

बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु भएसँगै श्रेष्ठले मतदान गरेका हुन्। श्रेष्ठले कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान मतदान गरेका हुन्।

क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ।

यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन्। ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।

मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि  लाइनमा बसेका हुन्।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन्। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्। 

मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै हुनुहुन्छ भने एमालेका  न्यौपाने  र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ। 

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो।

जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .