ad ad

राजनीति


महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न सभापति देउवा तयार

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न सभापति देउवा तयार

नेपालखबर
पुस २२, २०७६ मंगलबार १४:०,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको देस्रो दिनको भेलामा सभापतिहरुले पार्टी भित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडि बढ्न सुझाव दिएका छन्। 

महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरि केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रुपमा विधान निलम्बित गर्ने काम गरेकाले समस्या आएको र यसलाई सच्याएर अगाडि बढ्न सुझाव दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए। उनले १४ औं महाधिवेसनको कार्यतालिकामा पार्टी भित्र सहमति, सहकार्य र एकतालाई कायम राखेर ल्याउन नसकेको भन्दै आलोचना समेत गरे।

पौडेल पक्ष जिल्ला सभापतिहरुको भेला चलिरहेको बेला केन्द्रीय कार्यालय परिसरमै भेटिएका पार्टी सभापति शेरबहादुर पक्षका केही नेताहरुले भने लोकतान्त्रिक विधि र प्रकृयाबाट केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरुको भावनालाई बुझेर असन्तुष्ट नेताहरुलाई सुझाव दिने विश्वास रहेको बताएका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले पार्टी भित्र देखिएको बेमेललाई मेलमा परिणत गराउन र सबै विषयको समाधान गर्न जिल्ला सभापतिहरुको भूमिका महत्वपूर्ण हुने बताए। त्यस्तै कांग्रेसका सहमहामन्त्री प्रकासशरण महतले नेपाली कांस्रेस अधिवेशनतर्फ केन्द्रित भएर लाग्नुपर्ने र कार्यतालिकामा परिमार्जन गर्न सभापति तयार रहेको बताउँदै यो भेलाले पनि कांग्रेसलाई तितर बितर पार्न भन्दा एकिकृत भएर अगाडि बढ्न सुझाव दिने बताए।

त्यस्तै अर्का नेता नविन्द्रराज जोशीले पार्टीका जिल्ला सभापतिहरुको परामर्शबाट नेपाली कांग्रेसको महाधिवेशनको सुनिश्चितता कसरी गर्ने भन्ने सुझाव आउने बताए। उनले पार्टी सभापतिले एकतर्फि रुपमा निर्णय गरेको भन्दै सभापतिहरुले आलोचना गरेको बताए। उनले महाधिवेशनको कार्यतालिका परिमार्जन, विभाग गठन लगायतका विषयमा दवाव सिर्जना गर्न र कसरी अगाडि बढ्ने भन्ने रणनीति निर्माणमा सघाउ पुग्ने बताए।

नेपाली कांग्रेसको पुष ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेशन गर्ने, त्यस्तै विभागहरुको संख्या बढाई ४७ पु-याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो। दुई दिनदेखी जारी भेला बुधबार पनि चल्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .