ad ad

राजनीति


जसपाले बुथ लुट्ने तयारी गरेको छ, सुरक्षा कडा होस् : सीके राउत

जसपाले बुथ लुट्ने तयारी गरेको छ, सुरक्षा कडा होस् : सीके राउत

नेपालखबर
बैशाख ९, २०८० शनिबार १४:५८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सीके राउतले भोलि (आइतबार) हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीले बुथ लुट्ने तयारी गरिरहेको आरोप लगाएका छन्। बारा क्षेत्र नम्बर २ भित्रका विभिन्न बुथको सूची उल्लेख गर्दै राउतले ती बुथहरूमा अनुगमनका लागि पुग्न सञ्चारकर्मीहरूलाई चुल्हे निम्तो समेत दिएका छन्। 

‘यी बूथहरू जसपा लूट्नका लागि तयारी गरेका छन्। पत्रकारहरूलाई हेर्न आउन चुल्हो निम्तो,’ राउतले भनेका छन्, ‘खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेका छन्।’

बुथ कब्जाका लागि प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेको, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानका लागि तम्तयार भएको लगायतका आरोप उनले सामाजिक सञ्जालमार्फत लगाएका छन्। 

‘गाउँहरू अहिलेदेखि नै पनि कब्जामा छन्, प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेका छन्, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानको लागि तम्तयार छन्,’ राउतले अघि भन्का छन्, ‘त्यहाँ जनता बुथमा गएर स्वतन्त्र ढंगले मतदान गर्न सक्ने अवस्था छैन। इच्छाएको व्यक्तिले अरूबाट मतदान गर्न सक्नेछन्, जस्तो माइन्युट समेत गराएर सबैको नामबाट जसपाकै नेता कार्यकर्ताले मतदान गर्ने चलन छ।’

नेपाल सरकारले ती ठाउँहरूमा सेना परिचालन गरेर बुथभित्रको सुरक्षा कडाईमा समेत ध्यान पु¥याउन उनले आग्रह गरेका छन्। 

राउतले सामाजिक सञ्जालमा उल्लेख गरेका बुथहरूको विवरणः
देवताल-२ गमहरिया (दिनदहाडै कब्जा हुने बूथ)
देवताल-३ झिटकैया (दिनदहाडै कब्जा हुने बूथ)
देवताल-७ रमपुरवा
देवताल-६ रौवाही
सुवर्ण गा.पा. - ७ सनफुलवा (दिनदहाडै कब्जा हुने बूथ)
सुवर्ण गा.पा. - ३ सतगंज/जमुनिया (दिनदहाडै कब्जा हुने बूथ)
सुवर्ण गा.पा. - २ कबही
सुवर्ण गा.पा. - ८  हर्दिया
पचरौता न.पा. - ४ बेलदारी (दिनदहाडै कब्जा हुने बूथ)
पचरौता न.पा. - २ श्रीनगर 
करैयामाई गा.पा.  - ३ गालोपट्टी वजनी (दिनदहाडै कब्जा हुने बूथ)
करैयामाई गा.पा.  - ६ सहजौली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .