ad ad

राजनीति


उपप्रधानमन्त्री खड्काले सम्हाले कानुनमन्त्रीको पनि कार्यभार

उपप्रधानमन्त्री खड्काले सम्हाले कानुनमन्त्रीको पनि कार्यभार

कानुनमन्त्रीको कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री खड्का। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १६:३८, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार सम्हालेका छन्।

उनले बुधबारबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर पदभार सम्हालेका हुन्।

उनलाई मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनमन्त्रीको जिम्मेवारी दिएका थिए।

खड्का नेपाली कांग्रेसकातर्फबाट नेतृत्व गरेर चैत १७ गते मन्त्रिपरिषद्मा सहभागी भएका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .