ad ad

राजनीति


संवैधानिक परिषद्को बैठक– प्रधानन्यायाधीश नियुक्तिको निर्णय अर्को बैठकबाट गर्ने

संवैधानिक परिषद्को बैठक– प्रधानन्यायाधीश नियुक्तिको निर्णय अर्को बैठकबाट गर्ने

बुधबार बिहान सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक।


नेपालखबर
बैशाख ६, २०८० बुधबार १०:०, काठमाडौँ

आज बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सकेन। 

बैठकमा सहभागी परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भने, ‘अर्को बैठकबाट निर्णय हुन्छ।’

सर्वाेच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ। 

महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वाेच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीशको नियुक्तिबारे छलफल गर्न आज बिहान सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको थियो। तर निर्णय गर्न सकेन। अब अर्को बैठकबाट निर्णय गरिने परिषद्का सदस्य तिमल्सिनाले बताएका छन्। 

तर अर्को बैठक कहिले बस्छ भन्नेबारे उनले केही भनेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .