नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा खटिएका नेता–कार्यकर्तालाई बुधबार हुन गइरहेको चुनावी सभामा नदेखिन निर्देशन दिएका छन्।
सत्ता गठबन्धनले आइतबार दमौलीमा आयोजना गरेको चुनावी सभा सम्बोधनका क्रममा उनले बुधबार हुने कार्यक्रममा नदेखिन निर्देशन दिएका हुन्।
सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे डुम्रेमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा चुनावी सभा गर्दैछ।
उक्त सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने बताइएको छ।
‘वडामा खटिएका साथीहरू कोही पनि भोलिको सभामा नदेखियोस्, म चाहन्छु, डुम्रेमा हुन गइरहेको चुनावी सभातर्फ लक्षित गर्दै महामन्त्री थापाले भने, ‘तपाईं जुन ठाउँमा हुनुहुन्छ, खटिएको ठाउँमा बस्नु पर्नेछ। त्यहीँ बसेर काम गर्नु पर्नेछ।’
उनले मतदाताको मन चञ्चल भएको ठाउँमा गएर मत माग्न पनि नेता–कार्यकर्ताहरुलाई आग्रह गरे।
Shares

प्रतिक्रिया