नेपाली कांग्रेसले २०७४ र २०७९ का निर्वाचनमा तनहुँ, चितवन र बारामा बागी उम्मेदवारी दिएका उम्मेदवार र तिनका प्रस्तावक र समर्थकहरुमाथि गरिएको कारबाही फुकुवा गरेको छ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबारबाट लागु हुने गरी २०७४ र २०७९ का निर्वाचनहरुमा तनहुँ, चितवन र बारामा बागी उम्मेदवारी दिएका उम्मेदवार र तिनका प्रस्तावक र समर्थकहरुमाथि गरिएको कारबाही फुकुवा गरेको हो।
समिति संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘पार्टी अनुशासनको कारबाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका सम्पूर्ण साथीहरुले २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं. २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ।’
Shares

प्रतिक्रिया