राजनीति


रवि लामिछानेका चालकको अवस्था बुझ्न अस्पताल पुगे सांसद मोहन बस्नेत

रवि लामिछानेका चालकको अवस्था बुझ्न अस्पताल पुगे सांसद मोहन बस्नेत

तस्बिर : युधिर पौडेलको फेसबुकबाट।


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापालाई भेट्न कांग्रेस सांसद मोहन बस्नेत चितवन पुगेका छन्। 

उनी मंगलबार बिहान भरतपुरस्थित पुरानो मेडिकल कलेज पुगेर घाइते भएका थापाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्। 

थापा सोमबार बिहान सभापति लामिछानेको निवासस्थित छतबाट खसेर गम्भीर घाइते भएका थिए। लगत्तै उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिसिधभा निर्वाचन सांसद बस्नेत उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन चितवन पुगेका हुन्। 

चालक थापाको स्थायी घर सिन्धुपाल्चोकको बाह्रविसे हो। बाह्रविसे सांसद बस्नेतको पनि गृहपालिका हो। 

सांसद बस्नेतसहित थापाको अवस्थाबारे जानकारी लिनका लागि बागमती प्रदेशसभा सदस्य मसिना खड्का भण्डारी पनि अस्पताल पुगेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .