ad ad

राजनीति


बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा

बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा

नेपालखबर
बैशाख ५, २०८० मंगलबार ११:१६, काठमाडौँ

देशका प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारलाई समेत विपक्षी बनाइ सोमबार हालेको रिटको पेशी आठौँ नम्बरमा छ।

महानगरले चैत २६ गतेदेखि सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर उठाएको छैन।

चैत २४ गते महानगरपालिकाले गौरिगाउँको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको थियो। बल प्रयोग गरेर बस्ती खाली गर्ने उद्देश्यले महानगरले गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले बस्ती खाली गर्न सहयोग गरेको थिएन।

त्यसको भोलिपल्ट मेयर बालेनले सामाजिक सञ्जालमार्फत केन्द्रले आफूहरूलाई असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए।

महानगरलाई केन्द्रले असहयोग गरेका १४ कारण दिँदै उनले फोहोर नउठाउने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .