कारोबार


अस्ट्रेलियाबाट पर्यटनमन्त्री भन्छन् : भ्रमण वर्ष उद्घाटन र्‍यालीमा अवरोध भएकाे हैन

अस्ट्रेलियाबाट पर्यटनमन्त्री भन्छन् : भ्रमण वर्ष उद्घाटन र्‍यालीमा अवरोध भएकाे हैन

नेपालखबर
पुस २२, २०७६ मंगलबार ७:२३,

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षसम्बन्धी कार्यक्रममा कुनै पनि अवरोध नभएको बताएका छन्।

नेपालखबरसँग फोनसम्पर्कमा आएका उनले भने, ‘रोक लगाएको होइन, सिड्नीका सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म र्‍याली गएको छ।’

यसअघि मन्त्रीसहितको रयालीलाई सिड्नीस्थित ओपेरा हाउसको सुरक्षाकर्मीले रोकेको समाचारहरु सार्वजनिक भएपछि मन्त्रीले त्यसको खण्डन गरेका हुन्।

ओपेरा हाउस जानको लागि छुट्टै अनुमति लिनुपर्ने भए पनि अनुमति नलिएको कारण सुरक्षाकर्मीले धेरै संख्यामा र्‍यालीमा मानिसहरु रहेको कारण रोकेका समाचारहरु आएका थिए।

र्‍यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी थिए।

अष्ट्रेलियाबाट सञ्चालित न्यूज पोर्टल ‘साउथ एसिया डटकम डट एयु’ले कार्यक्रम प्रचारप्रसार र व्यावसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै प्रहरीले ओपेरा हाउससम्म जान रोकेको बताएको थियो।

तर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने उक्त समाचार गलत भएको बताए। मन्त्री भट्टराईका अनुसार ओपेरा हाउससम्मको मात्रै र्‍याली कार्यक्रम थियो।

त्यहाँसम्म जान कुनै प्रकारको अवरोध थिएन। ओपेरा हाउसमा सुरक्षाकर्मी नियमित रुपमै बस्छन्। उनले कार्यक्रम न्यु साउथ वेल्सका संसदका सभामुख जाेनाथन ओ डी पनि सहभागी भएको समेत बताए।

त्यस्तै कतिपयले भने अस्ट्रेलियामा डढेलाेले विनाश गरिरहेका बेला मन्त्री प्रचारप्रसारकाे कार्यक्रममा नगएकाे हुने धारणा समेत राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad