ad ad

राजनीति


लुम्बिनीका मुख्यमन्त्री गिरीले पुनः वैशाख ११ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले पुनः वैशाख ११ गते विश्वासको मत लिने

सुदीप भण्डारी
बैशाख ४, २०८० सोमबार १६:४०, रुपन्देही

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी वैशाख ११ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेका नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी, जसपा लगायतका दलले समर्थन फिर्ता लिएपछि गिरिले विश्वासको मत लिन लागेका हुन्।

गत मंसिरमा भएको प्रदेश सभाको चुनावपछि पुस २७ गते गिरि लुम्बिनीको मुख्यमन्त्री बनेका थिए।

उनलाई फागुन ५ गते पहिलो पटक विश्वासको मत लिँदा कांग्रेस र राष्ट्रिय जनमोर्चा बाहेकका दलले समर्थन गरेका थिए। 

केन्द्रमा गठबन्धनको समिकरण परिवर्तन हुँदा लुम्बिनी प्रदेशमा पनि सत्ताको खेल सुरु भएको थियो। 

चैत्र १२ गते माओवादी केन्द्र लगायतका ६ दलले गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। वैशाख १२ गतेसम्म मुख्यमन्त्री लिला गिरिले विश्वासको मत लिइसक्नुपर्ने हु । वैशाख ११ गते उनले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता तथा प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री गिरीले ८ गते प्रदेश सभालाई जानकारी गराएर ११ गते विश्वासको मत लिने तयारी गरेको बताए। 

राप्रपाले गिरीको साथ नछोडेको अवस्थामा अहिले एमालेसँग ३३ सांसद देखिन्छन्। बाँकी दलका ५३ सांसदले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन गरिसकेका छन्।

गिरीलाई विश्वासको मत पाउन ४४ सांसद आवश्यक पर्छ। अहिलेको अवस्थमा गिरिले विश्वासको मत नपाउने अवस्था छ।

विश्वासको मत नपाएमा गिरी सरकार ढल्ने छ।

त्यसपछि संविधानको धारा १६८ को उपधार २ अनुसारको बहुमतको सरकार बन्ने कि उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्ने भन्नेमा भने मतान्तर देखिएको छ।

कांग्रेस माओवादी लगायतका दलले उपधार २ अनुसारकै दुई भन्दा बढि दलको सरकार बन्ने बताएका छन्।

एमालेले आफू ठूलो दल भएकाले उपधारा ३ अनुसार फेरि गिरी मुख्यमन्त्री बन्ने दाबी गरिएको छ।

गिरीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले जसरी सरकारको आहवान गर्छन। त्यही सरकार बन्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .