ad ad

राजनीति


कार्यकर्तालाई गगनको चेतावनी : भगवानले देख्छन्, बाहिर रूख भन्दै भोट हाल्दा दायाँबायाँ नगर्नुस्

कार्यकर्तालाई गगनको चेतावनी : भगवानले देख्छन्, बाहिर रूख भन्दै भोट हाल्दा दायाँबायाँ नगर्नुस्

चितवनमा घरदैलो गर्दै भोट मागिरहेका गगन थापा। तस्बिर : रचना खत्री


नेपालखबर
बैशाख ४, २०८० सोमबार १४:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनस्थित पार्टीका कार्यकर्ताहरुलाई यसपटक बेइमानी नगर्न आग्रह गरेका छन्।

चितवनको कालिका नगरपालिकामा सोमबार कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले मंसिर ४ को  चुनावमा जस्तो यस पटक गल्ती नगर्न आग्रह गरे। वैशाख १० गते हुने उपचुनावमा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। 

उनले सम्बोधनका क्रममा मंसिर ४ मा कांग्रेस कार्यकर्ताले रवि लामिछानेलाई भोट दिएको इंगित गर्दै यो पाँच महिनाको बीचमा सुध्रिने मौका आएको बताए। 

‘बितेको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंहरुले मान्छे चिनिसक्नु भयो।तपाईंहरूले हिजो के गर्नुभयो? के कारण त्यसो गर्नुभयो? किन गर्नुभयो भन्ने सबै कुरा भुलौँ', उनले भने, 'यी कुरा बिर्सिएर म कांग्रेसका सबै साथीहरूलाई नेताहरूसँगका असन्तुष्टि भुलेर अघि बढौँ। विगतका कमजोरिबारे हामी बसेर छलफल गरौँला। अहिलेको चुनावमा कसैले तलमाथि नगरौँ।’

थापाले रुखमा मतदान गर्न नसक्ने भए अहिले नै भन्न कार्यकर्तालाई आग्रह गरे। 

'रुखमा मतदान गर्न नसक्ने भए अहिले नै स्पष्ट भन्नुस्। तर बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्नुस्', उनले कडा शैलीमा भने, ‘एकजना पनि कांग्रेसका साथीले दायाँबायाँ-तलमाथि नगर्नु होला। मैले सधैँ भन्दै आएको छु, म भगवानमा विश्वास गर्ने मान्छे हुँ। जसको मनमा हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ। बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन्।’

थापाले अहिले पाएको पाँच वर्ष खेर जान नदिने पक्षमा रहेको पनि बताए। 'हामी पाँच वर्ष खेर जान दिँदैनौँ। त्यसैले आफ्नै सरकारलाई पनि प्रश्न उठाउँछौँ', उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .