नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट परराष्ट्रमन्त्रीको शपथ लिएका साउदलाई भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
उनले बधाई दिँदै नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई बलियो बनाउने गरी काम गर्न तत्पर भएको उल्लेख गरेका छन्।
‘एनपी साउद नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएसँगै हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन सँगै काम गर्न तत्पर हुनुहुन्छ। तपाईको नयाँ भूमिकामा सफलताको शुभकामना,’ उनले भनेका छन्।
यसअघि आइतबार दिउँसो नै भारतीय राजदूत नविन श्रीवास्तव मन्त्रालय नै पुगेर बधाई दिएका थिए।
195
Shares
प्रतिक्रिया