ad ad

राजनीति


अख्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

अख्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

नेपालखबर
बैशाख ३, २०८० आइतबार १९:११, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन्।

आइतबार चितवमा क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा शुद्धिकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरु दर्जनौं काण्डमा मुछिकाले उनीहरुको नैतिकता धर्मराएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेप्रति इंकित गर्दै उनले भने, ‘उहाँले नयाँ अनुसारको ढोङ फुक्नु भएको थियो। जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो। तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्‍गो भएको छ। जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको सडयन्त्र विफल भएको छ।’

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धुमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताए।

‘चितवनका जनता सचेत हुनुहुन्छ। उहाँ अब भ्रममा पर्नुहुने छैन। आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन्। नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ। उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन्,’ महरले भने।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .