ad ad

राजनीति


रास्वपाको कारबाहीविरुद्ध पुनरावेदनमा गए ढाका श्रेष्ठ

रास्वपाको कारबाहीविरुद्ध पुनरावेदनमा गए ढाका श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १८:२१, काठमाडौँ

आफूलाई साधारण सदस्य र संघीय सांसदबाट निष्कासित गर्ने निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गएका छन्। 

पार्टी केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट पनि निष्कासित गरेपछि त्यसविरुद्ध सफाइका लागि उनी आइतवार पुनरावेदनमा गएका हुन्। 

कारबाही घोषणाका क्रममा सभापति रवि लामिछानेले पनि ढाकालाई पुनरावेदन सुविधा हुने बताएका थिए। 

रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा रहेका छन्। 

यसअघि डा. भरतमणि देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा उनले लिखित स्पष्टीकरण बुझाएका थिए।

त्यसपछि उनलाई समितिका संयोजक डा. देवकोटा र सदस्यहरु रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपानेसहितले बयान पनि लिएका थिए। 

त्यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठको सांसद पद खोस्दै पार्टीबाट पनि निष्कासन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .