ad ad

राजनीति


रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता

ढाकाकुमार श्रेष्ठ


नेपालखबर
चैत ३०, २०७९ बिहिबार २१:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ।

अडिओ प्रकरणमा मुछिएपछि ढाकालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको रास्वपाले बिहीबार उनी सांसद पनि नरहेको लिखित जानकारी संसद् सचिवालयलाई गराएको हो। 

रास्वपाले श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले पुष्टि गरे। 

‘तर उनको कारबाहीबारे केही कानुनी प्रश्न रहेकाले कानुनी रूपमा निरुपण नगरी प्रक्रिया अघि बढ्दैन’, नेपालखबरसँग अधिकारीले भने। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ आइतबार सार्वजनिक भएपछि रास्वपाले ढाकालाई कारबाही गरेको हो। अडिओमा उनले पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’ले आफूलाई मन्त्री बन्ने भए अढाई करोड रुपैयाँसम्म पैसा मागेको भन्दै त्यो व्यवस्था गरिदिन प्रसाईंसँग अनुरोध गरेका छन्। 

यद्यपि श्रेष्ठले एकातिर त्यो एडिटेड अडिओ भएको दाबी गरेका छन् भने अर्कातिर कोर टिम सार्वजनिक गर्ने चेतावनी पनि दिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .