ad ad

राजनीति


मन्त्री चयनबारे कांग्रेस इतर समूहको बैठक जारी

मन्त्री चयनबारे कांग्रेस इतर समूहको बैठक जारी

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १०:२७, काठमाडौँ

सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस इतर समूहको बैठक जारी छ। 

नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा उनीहरूको बैठक बसिरहेको हो।  

कांग्रेस महामन्त्री गगन थापाको सचिवालयका अनुसार बैठकमा ककसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल जारी छ।  

१४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीहरू लगायत केही नेता र सांसदहरू बैठकमा सहभागी छन्। बैठकमा महामन्त्री गगन थापा पनि छन्।

जारी बैठकमा महामन्त्री थापासहित १४औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीलगायतका नेता र सांसद सहभागी छन्।

इतर समूहले कम्तीमा ३ मन्त्री आफ्ना पक्षबाट हुनुपर्ने दाबी गरिरहेको छ। कांग्रेसले पाएका ८ मन्त्रालयमध्ये ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। 

सभापति शेरबहादुर देउवा पक्षले ३ मन्त्रीको नाम पठाउन भनेपछि इतर समूह छलफलमा बसेको हो। कांग्रेससहित जसपाले मन्त्री नपठाउँदा अझै ६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .