ad ad

राजनीति


एमाले फेरि संसद् विघटनको दाउमा छ: माधव नेपाल

एमाले फेरि संसद् विघटनको दाउमा छ: माधव नेपाल

नेपालखबर
चैत २९, २०७९ बुधबार ११:५६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको बताएका छन्।

बुधबार बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताए। अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि बताए। संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनको भनाइ थियो। 

एमालेसँगको एकताको सम्भावनाका बारेमा  नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएसम्म एकताको सम्भावना नरहेको बताए।

'एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन विघटन गर्न सकिन्छ, मध्यावधिमा जान सकिन्छ भन्ने छ। त्यो बाटोमा त हामी जान सक्दैनौँ,' उनले भने, 'संविधान मिच्ने कुरा समर्थन गर्न सक्दैनौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .