राजनीति


गोविन्द भट्टराईलाई सघाउन गृहजिल्ला पुगे प्रदीप पौडेल

गोविन्द भट्टराईलाई सघाउन गृहजिल्ला पुगे प्रदीप पौडेल

नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:४२, काठमाडौँ

प्रतिनिधिसभा सदस्य तथा कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ–१ को निर्वाचन प्रचारमा सहभागी भएका छन्।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न उनी तनहुँ पुगेका हुन्। सोमबार तनहुँ पुगेका पौडेल ३ दिन निर्वाचन क्षेत्रमा नै रहने कार्यक्रम छ। तनहुँ पौडेलको गृह जिल्ला पनि हो।

ब्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा भएका चुनावी घरदैलोमा पौडेल सहभागी हुने पाैडेलको सचिवालयले जनाएको छ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै रिक्त पदपूर्तीका लागि उपनिर्वाचन हुन लागेको हो। त्यहाँको निर्वाचन कमाण्ड महामन्त्री गगन कुमार थापाले लिएका छन्।

तनहुँ पौडेलको गृहजिल्ला पनि हो। गत ४ मंसिरमा भएको निर्वाचनमा पौडेलले तनहुँ–२ बाट चुनाव लड्ने तयारीमा रहेका पौडेल काठमाडौं ५बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad