समाज


३४ लाख बराबरको ट्रक र लत्ताकपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

३४ लाख बराबरको ट्रक र लत्ताकपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:४३, काठमाडौँ

सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित लहान बजारबाट सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ। 

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा सहितको ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको हो। 

गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र। २–०१ ००१ ख ०२९८ नम्बरको मिनि ट्रक रोकी जाँच गर्न खोज्दा ट्रक चालक ट्रक रोक्ने वित्तिकै फरार भएका थिए। 

नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ सशस्त्र प्रहरी सहायक प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad