ad ad

राजनीति


कांग्रेसलाई बलियो बनाउन शिक्षकको भूमिका  महत्वपूर्ण छ : देउवा

कांग्रेसलाई बलियो बनाउन शिक्षकको भूमिका  महत्वपूर्ण छ : देउवा

नेपालखबर
चैत २८, २०७९ मंगलबार १४:४१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी संगठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए।

‘पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो’, उनले भने। सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए। 

‘पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ’, सभापति देउवाले भने। उनले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरे।
 
संघका अध्यक्ष राजेन्द्रराज पौडेलले संविधान निर्माण भएको सात वर्ष पूरा हुँदा पनि संघीय शिक्षा ऐन निर्माण हुन नसक्नु दुःखको कुरा भएको बताए। उनले माओवादी जनयुद्धका क्रममा मारिएका शिक्षकका छोराछोरीलाई सरकारले हेर्न नसकेको गुनासो गरे।
 

‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको संघको नवौँ संघीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ।
 
विस २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक संघले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा संगठन विस्तार गरिसकेको छ। नेपाल शिक्षक संघमा हाल देशभर ८० हजारभन्दा बढी शिक्षक सदस्य रहेको अध्यक्ष पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .