राजनीति


उत्तरी सिमानाका खोल्ने विषयमा सरकार गम्भीर बनोस् : बडू

उत्तरी सिमानाका खोल्ने विषयमा सरकार गम्भीर बनोस् : बडू

नेपालखबर
चैत २७, २०७९ सोमबार १६:२१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गरे। नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाई छ।

उनले भने, ‘नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक ध्यान लिनु जरुरी छ। र उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भिरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कुटनीतिक पहल होस्। र यी नाकाहरु सञ्चालनमा आउन्। ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस्। केही अंशमा भएपनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ। र रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुन सक्छ।’

उनले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad