राजनीति


प्रधानमन्त्री कार्यालयले मेरो हस्ताक्षर दुरुपयोग गर्‍यो : चित्रबहादुर केसी

प्रधानमन्त्री कार्यालयले मेरो हस्ताक्षर दुरुपयोग गर्‍यो : चित्रबहादुर केसी

नेपालखबर
चैत २४, २०७९ शुक्रबार ११:३६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्।

बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट आफ्नो डिजीटल हस्ताक्षर गरिएको भन्दै केसीले आपत्ति जनाएका छन्।

दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका गम्भीर मतभेदहरु रहेको अध्यक्ष केसीले जारी गरेको वक्तव्यमा उल्लेख छ।

जनमोर्चा दश दलीय गठबन्धनमा सामेल भएपनि मन्त्रालयको भागबन्डा र सरकारको न्यूनतम कार्यक्रमप्रति भने चासो देखाएको छैन। 

अध्यक्ष केसी हाल उपत्यका बाहिर छन्।

बिहीबार चितवनमा पार्टीले आयोजना गरेको चुनावी प्रचारका शिलशिलामा पत्रकार सम्मेलन गरेका केसी आज (शुक्रबार)प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न बुटवल पुगेका छन्।

अध्यक्ष केसीद्वारा जारी वक्तव्यः
‘२०७९ चैत्र २३ गते दश दलका प्रमुखहरुको हस्ताक्षर भइ जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर रहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालिन न्याय तथा नागरिकताका लगायतका विषयमा हाम्रो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरु छन्।

संघीयता, मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरुलाई सजायको दायरामा ल्याउन संक्रमणकालिन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने, नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध हामीले लगातार लामो समयदेखि संघर्ष गर्दै आएका छौँ।

विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ। पाँच दलीय सरकारद्वारा जारी गरिएको न्युनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ। अहिले पनि हाम्रो त्यो नीति कायम नै छ।

प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसी बिच सम्वाद भएको सत्य हो। तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन। त्यसैले अध्यक्ष का. चित्रबहादुर केसीको हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउँदछु।
२०७९ चैत्र २४ गते 
चित्रबहादुर केसी
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad