प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताएका छन्।
प्रदेशसभा सचिवालयमा आज पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन्। पहिलो दिनको प्रदेशसभा बैठकका लागि नौ प्रस्ताव तय गरिएकाे उनले बताए। त्यसैगरी दोस्रो दिन ६ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमासमेत रहेको उनले जानकारी दिए।
राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ। निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए। निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया