ad ad

राजनीति


देशको अर्थराजनीति विचौलियाको कब्जामा जाँदैछ: बाबुराम

देशको अर्थराजनीति विचौलियाको कब्जामा जाँदैछ: बाबुराम

फाइल तस्वीर


नेपालखबर
चैत २३, २०७९ बिहिबार ८:१४, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशको अर्थराजनीति विचौलियाको कब्जामा गइरहेको बताएका छन्।

उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को राष्ट्रिय सम्मेलनको संघारमा रणनीतिक र संरचनात्मक रूपान्तरणका विषयमा विमर्श गर्न आह्वान गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर अरूको विचौलिया बनेर बँच्ने अवस्थामा पुगेको आरोप लगाए। बिहीबार ट्विट गर्दै उनले भनेका छन्, 'देशको अर्थतन्त्र र राजनीति विचौलियाहरूको कब्जामा गैरहेछ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन! यो कहिलेसम्म?'

टाउकाको ओखती नाइटामा भनेझैं अर्थतन्त्रबारे देश तत्कालीन र सतही कुरामा केन्द्रीत भइरहेको बताए। सुगौली सन्धीयता देशको वैदेशिक व्यापार घाटा १५ गुणा नाघेको उल्लेख गर्दै उनले हिजो औद्योगिक वस्तुमा मात्रै परनिर्भर भएकोमा अब नेपाल कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दै गएको बताएका छन्।

रणनीतिक र संरचनात्मक रूपान्तरणको काम गर्नुपर्ने बताउँदै उनले अर्थतन्त्रका चार समस्या उठाएका छन्। 

 

१. हाम्रो औसत प्रतिव्यक्ति जीडीपी विश्वको भन्दा दश गुना कम छ। यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुइ अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० बर्षको औसत वृद्धिदर ४% वरपर मात्र छ। जबकि हाम्रा छिमेकी र अरू एशियाली देशले यो वीचमा ठूलो फड्को हानिसके।

२. सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर पन्ध्र गुना नाघेकोछ।

३. खुला सीमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ। सस्तो श्रमनिर्यात र महँगो निर्मितवस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ। बाच्छाले सॉढेसंग जुध्न नसके झैं हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौं।

४. हाम्रा उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशःअरूको विचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन्।देशको अर्थतन्त्रराजनीति र राज्य विचौलियाहरूको कब्जामा गैरहेछ। हाम्रा छोराछेरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन! यो कहिलेसम्म?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .