ad ad

राजनीति


प्रधानमन्त्री र मन्त्रीलाई गगन थापाको आग्रह : तीन महिना टेलिभिजनमा अनुहार नदेखाइ काम गर्नुस्

प्रधानमन्त्री र मन्त्रीलाई गगन थापाको आग्रह : तीन महिना टेलिभिजनमा अनुहार नदेखाइ काम गर्नुस्

नेपालखबर
चैत २२, २०७९ बुधबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह गरेका छन्।

बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन्।

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरे। उनले सरकार अल्मल्लिएको भन्दै दौडिन शुरु गर्नुपर्नेमा जोड दिए। उनले आगामी ५/६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न शुरु गर्यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताए।

महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्।

थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्। उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने बताए।

सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाई छ। महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।

उनले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताए। स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए। महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .