राजनीति


राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

प्रकाश न्यौपाने
पुस २०, २०७६ आइतबार ११:४,

आगामी माघ ९ गने हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश  ५ मा पनि आइतबार उम्मेदवारी दर्ता भएको छ।

प्रदेश पाँचबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतिको कार्यालयकाअनुसार प्रदेश पाँचबाट नौ जनाको उम्मेदवारी परेको छ। प्रदेश पाँचबाट तीन पदका लागि निर्वाचन हुँदैछ। त्यसका दलहरुले आआफ्ना उम्मेदवारहरु लगेर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

नेकपाका तर्फबाट रुपन्देहीका गोपाल भटराई, कपिलवस्तुकी बिमला घिमिरे र दाङका जगप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, नेपाली कांग्रेसका तर्फबाट बाँकेका मेराज अहमद हलवाई, दाङकी गिरिजादेवी न्यौपाने र अर्घाखाँचीका बालकृष्ण पाण्डेले उम्मेदवारी दिएका छन्। यसैगरी समाजवादी पार्टीका तर्फबाट बाँकेका सुनील सिंघल र बर्दियाका कृष्णप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाका कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा प्रदेश पाँचका ८७ जना प्रदेश सभा सदस्य र १०९ वटा स्थानीय तहका प्रमुख-उपप्रमुख २ सय १८ जना गरी ३ सय ५ जना मतदाता छन् । यस अघि प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मीना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको दुई वर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन हुँदैछ। प्रदेश पाँचमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखमा नेकपाको बहुमत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad