ad ad

राजनीति


संसदमा गृहमन्त्री : कुनै तर्क र कोणबाट अहिलेको व्यवस्थामाथि धावा बोल्न दिँदैनौँ

संसदमा गृहमन्त्री : कुनै तर्क र कोणबाट अहिलेको व्यवस्थामाथि धावा बोल्न दिँदैनौँ

संसद बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत १९, २०७९ आइतबार १३:५८, काठमाडौँ

उपप्रधान तथा गृहनमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राजनीतिक व्यवस्था र उपलब्धिहरुमाथि हमला हुन नदिने बताएका छन्।

मिटरब्याजीपीडितहरुबारे उठेका प्रश्नहरुको आइतवार संसदमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

'कुनै पनि कोणबाट र तर्क दिएर यो उपलब्धि र राजनीतिक व्यवस्थालाई कमजोर पार्ने वा उपलब्धिमाथि धावा बोल्न नदिने कुरामा सरकार प्रतिबद्ध छ', उनले भने, 'हामीले शान्ति प्रक्रियाको बाँकी काम पनि पूरा गर्नुछ। त्यसका लागि हामी प्रतिबद्ध छौँ।'

उनले शान्तिप्रक्रियाअन्तर्गत पहिलो राजनीतिक कार्यभार संविधान बनाएको, दोस्रो प्राविधिक काम माओवादी लडाकुको समायोजन भएको पनि बताए।

'तेस्रो संक्रमणकालीन न्यायको काम पूरा गर्न बाँकी छ। यसो भएपछि शान्ति प्रक्रिया सबै पूरा हुन्छ', उनले भने, 'यो राजनीतिक परिवर्तन जनताको जनजीविकाको समस्या समाधान गर्न हो। हाम्रो ध्यान समृद्धि र विकासतिर छ।'

उनले आफूहरुले गरेका संघर्षका बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको बताए। 'जुन उद्देश्यले संघर्ष गर्यौँ तिनलाई पूरा गर्न आएको हो', उनले भने, 'हामीले तीव्र गतिमा आर्थिक फड्को मार्न सकेनौँ। तर निराश हुनुपर्ने, हतास हुनुपर्ने पनि अवस्था छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .