कारोबार


हिमालयन बैंकले सातै प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

हिमालयन बैंकले सातै प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

नेपालखबर
चैत १९, २०७९ आइतबार १४:७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै यो वर्षको ग्लोबल मनी विक मनाएको छ। 

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंकले चैत ६ देखि १२ गतेसम्म सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको जनाएको छ। 

सो  वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरिएको थियो। 

बैंकको यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बैंकका ग्राहकवर्गहरुलगायत सो स्थानका बासिन्दाहरुलाई बैंकिङ्ग बारे ज्ञान वद्र्धक विषयहरुमा छलफल गर्दै सम्पन्न गरिएको थियो । 

सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक के हो, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बैंकिङ्ग बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानुनीरुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरितको हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad