खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।
मन्त्री खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्।
मन्त्री खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा सामेल भएका थिए।
सरकार विस्तारका लागि भागबन्डामा जनमत पार्टी असन्तुष्ट बनेको छ। यससँगै जनमत संघीय सरकारबाट बाहिरिएको छ।
गत पुस ११ गते नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट खान मन्त्री बनेका थिए।
सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको जनमत पार्टीलाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि खानेपानी राखेपछि खानले राजीनामा दिएका हुन्।
जनमतले प्रदेश सरकार पनि छाड्ने तयारी गरेको छ। तर जनमतको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले अहिलेसम्म यसबारे छलफल भइनसकेको बताए।
तर अहिले सरकार छाड्नेबारे निर्णयका लागि पार्टीको बैठक बसिरहेको एक नेताले जानकारी दिए।
प्रतिक्रिया