जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन्।
जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्हाल्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
जसपाबाट यसअघि अशोक राईसँगै मन्त्रीका रुपमा प्रदीप यादव र राजकिशोर यादवको पनि नाम चर्चामा थियो। जसपाले अशोक राईको नाम तय गर्न सके पनि दुई यादवबारे अझै निर्णय लिन सकेको छैन।
चैत १७, २०७९, शुक्रबार
प्रतिक्रिया