राजनीति


सत्ता गठबन्धनका सबै दलले प्रधामन्त्रीलाई बुझाए मन्त्रीको सूची

सत्ता गठबन्धनका सबै दलले प्रधामन्त्रीलाई बुझाए मन्त्रीको सूची

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ११:५२, काठमाडौँ

सत्ता गठबन्धनका ९ वटै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री हुनेहरूको सूची बुझाएका छन्। 

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सबै मन्त्रीहरुको सूची पुगेको हो। 

कांग्रेससहितका केही दलले मन्त्रीहरुको सूची नबुझाउँदा बिहीबार नै क्याबिनेट विस्तारको सम्भावना टरेको थियो। 

तर बिहीबार बिहान सूची आएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर परामर्श गरिसकेका छन्।

प्रधानमन्त्रीले राष्ट्रपति भेटेपछि शीतल निवासले शुक्रबार दिउँसो ३ बजे शपथ गराउने गरी तयारी थालेको छ।

सत्ता गठबन्धनबाट कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले एक-एक मन्त्रालयमा सहमति जुटाइसकेका छन्। 

उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .