संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरू विस्तार हुने क्रममा रहेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले नेपाल–भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरु बिस्तार हुने बताए।
नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरिएको उनको जिकिर छ।
‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभइ अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ। रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ,’ मन्त्री किराँतीले भने, ‘अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ। जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्याउने मलाई विश्वास छ।’
मन्त्री किराँतीले नेपाल–भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरे।
उनले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्सुक बनाउने समेत बताए।
‘नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवद्र्धन र विकास गर्न यसले योगदान दिनेछ,’ मन्त्री किराँतीले अघि भने, ‘विशेष गरी सांस्कृतिक र पर्यटनसँग सम्बन्धित पुस्तक भएको कारण पनि यसको प्रकाशन गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलाई चलायमान गर्ने प्रयास गरेको छ।’
मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको पनि बताए।
प्रतिक्रिया