प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको हो।
भोलि (मंगलबार) बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।
मन्त्रिमण्डल विस्तारको अन्तिम गृहकार्यमा रहेका प्रचण्डले सोमबार बिहान देउवा र नेपालसँग छलफल गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिमण्डल विस्तार, संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा उनीहरूबीच छलफल भएको हो।
Shares
प्रतिक्रिया