प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।
प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ।
39
Shares
प्रतिक्रिया