नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्।
भेटमा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई प्रधानसेनापति शर्माले बधाई दिएका छन्।
सेनाप्रमुख र प्रहरी प्रमुखबीचको भेटमा दुई सुरक्षा निकायबीचको आपसी समझदारी र सहकार्यका विषयमा छलफल भएको छ।
शुक्रबार महानिरीक्षकमा पदोन्नती भएका कुँवरले आइतबार दर्ज्यानी चिह्न लगाएका थिए।
नेपाली सेनाका बलाध्यक्ष रथी सिताराम खड्काले बिहान गृहमन्त्रालयमै पुगेर महानिरीक्षक कुँवरलाई बधाई दिएका थिए।
दर्ज्यानी चिह्न लगाएर पलबहाली गरेका कुँवरले दिउँसो मातहतलाई सम्बोधन गरेका थिए।
33
Shares
प्रतिक्रिया