ad ad

राजनीति


पैदलयात्रामा रहेका मिटरब्याजपीडित महिला बाटोमै बेहोस

पैदलयात्रामा रहेका मिटरब्याजपीडित महिला बाटोमै बेहोस

महोत्तरीबाट प्रधानमन्त्रीलाई आवाज सुनाउन काठमाडौं आउँदैगर्दा पैदलयात्राका क्रममा कुलेखानी क्षेत्रमा पीडितहरू। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत १२, २०७९ आइतबार ११:११, काठमाडौँ

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट पैदलयात्रा गर्दै काठमाडौं आउनेक्रममा सिरहा सुखीपुरकी एक महिला बाटोमै बेहोस भएकी छन्। 

शनिबार मकवानपुरको कुलेखानी आसपासमा पुग्दा उनी बेहोस भएको अभियानकर्ता संर्घष दाहालले नेपालखबरलाई जानकारी दिए। 

पैदलयात्रा गरेको नौ दिनमा मिटरब्याजी पीडित ती महिला बेहोस भएकी हुन्।

कुलेखानी आसपासमा पुग्दा बेहोस भएकी महिला।

‘बेहोस भएपछि उनलाई उपचारका लागि नजिकैको स्वास्थ्यचौकीमा लगिएको थियो। उनको प्रेसर निकै कम भएका कारण बेहोस भएको रहेछ’ उनले भने।

पैदल हिँडेको आज ११औं दिन हो।  लगातार हिँडिरहेका कारण धेरैको स्वास्थ्यमा समस्या देखिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .