ad ad

राजनीति


कांग्रेसले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगायो, प्रदेश ६ को बाँकी

कांग्रेसले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगायो, प्रदेश ६ को बाँकी

नेपालखबर
पुस १९, २०७६ शनिबार ९:३६,

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारिको बैठकले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगाएको हो।

प्रदेश २ मा दुई सिटका लागि समाजवादी पार्टीसँग तालमेल गरेको भोलिपल्ट कांग्रेसले राष्ट्रिसभाका उम्मेदवारको टुंगो लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४ जना उम्मेदवारको टुंयो लगाएको र प्रदेश ६ का २ उम्मेदावारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। उनले प्रदेश ६ का दूई उम्मेदवारको टुंगो पनि आवजै साँझ लाग्ने जानकारी दिए।

कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्यबाट उम्मेदवार बनाएको छ।

प्रदेश २ का दुई सिट समाजवादी पार्टीलाई छाडेको कांग्रेसले नगिना यादव (महोत्तरी) महिला र भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गताको कोटाबाट उम्मेदवार बनाएको छ।

त्यस्तै प्रदेश ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य र विमला गौचन (म्याग्दी) लाई महिला उम्मेदवार बनाएको छ।

त्यस्तै प्रदेश ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसंख्यंक÷अपांगताबाट उम्मेदवार बनाएको छ भने प्रदेश ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य र तुलसी देवकोटा (कैलाली)लाई महिला कोटाबाट उम्मेदवार बनाएको छ।

प्रदेश ६ को दुई कोटा भने कांग्रेसले टुंग्याएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .