ad ad

राजनीति


माओवादी लुम्बिनी संसदीय दलको बैठक बस्दै, सरकारबाट बाहिरिनेबारे छलफल हुने

माओवादी लुम्बिनी संसदीय दलको बैठक बस्दै, सरकारबाट बाहिरिनेबारे छलफल हुने

माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महरा


नेपालखबर
चैत ९, २०७९ बिहिबार ९:५६, बुटवल

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठक बस्दै छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि सरकार फेरबदलको चर्चा भइरहेका बेला माओवादी केन्द्र लुम्बिनी दलको बैठक बस्न लागेको हो। 

दिउँसो १२ बजे भैरहवामा बैठक बस्ने प्रदेश सरकारमा माओवादी केन्द्रबाट मन्त्री रहेका इन्द्रजित थारुले जानकारी दिए। बैठकमा प्रदेश सरकारबाट बाहिरिनेबारे छलफल हुने भए पनि आजै निर्णय नहुने उनको भनाइ छ। 

‘नयाँ गठबन्धनअनुसार केन्द्रबाट सातवटै प्रदेशको मुख्यमन्त्रीबारे निर्णय नहुँदासम्म लुम्बिनीमा सरकार फेर्ने प्रक्रिया सुरु हुँदैन’, उनले भने, ‘प्रक्रिया सुरु नहुँदासम्म हामी सरकारबाट निस्कदैनौं। आजको छलफलबाट पनि निर्णय त्यही नै हुन्छ।’

यता कांग्रेसलगायत गठबन्धनका अन्य दल भने माओवादी केन्द्रको निर्णय कुरेका छन्। 

राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने भएपछि फागुन दोस्रो साता नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो। एमालेसँगको सहकार्य टुटेपछि माओवादी केन्द्र, कांग्रेस र अन्य साना दलहरुसहितको नयाँ गठबन्धन बन्यो। 

आफू नेतृत्वको सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पुन: विश्वासको मत पनि लिइसकेका छन्।

लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन्। माओवादी केन्द्रलगायत अन्य दल भने अझै सरकारमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .