प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार (७ चैत) गोरखा जाँदै छन्। पालुङटार नगरपालिकास्थ्ति पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
39
Shares
प्रतिक्रिया