स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको प्यानल नै विजयी भएको छ।
आइतबार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार दिवस सिलवालको प्यानल नै निर्वाचित भएको हो।
अनेरास्ववियूका सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन्।
यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रुपा राई (१७मत), सदस्यहरुमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित विजयी भएका छन्।
सिल्वालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बीच गठबन्धन थियो।
गौतमको प्यानलमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंघबीच गठबन्धन रहेको थियो
प्रतिक्रिया